काठमाडौं। गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट गैरकानुनी रुपमा ६५ करोड रुपैयाँ बढी अपचलन गरेको एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले निष्कर्ष निकालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संलग्नतालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले गोर्खा मिडियाका अध्यक्षसमेत रहेका सहकारी सञ्चालक जिबी राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ। संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका सबै सञ्चालक सहकारी रकम दुरुपयोगमा संलग्न रहेको ठहरसहितको प्रतिवेदन संसदलाई बुझाइसकेको छ।

गोरखा मिडियाका चार सञ्चालकमध्ये छवि जोशी दसैंअघि नै पक्राउ परेर अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। सोही क्रममा लामिछानेलाई पनि अनुसन्धान दायरामा ल्याउन पक्राउ गर्ने तयारी भइरहेको गाइँगुइँले यतिबेला राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ।
यद्यपि, सरकारी स्रोतले लामिछाने पक्राउबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय