
धनगढी । डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति अमरगढी(७ खस्रेखान भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी उपरिक्षक सुगन्ध श्रेष्ठले बताए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
उनका अनुसार मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–३ का २२ वर्षीय सहदेब बोहरा, २० वर्षीय कमला बोहरा, उनका नाबालक छोरा र पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीय जयमती बोहराको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।

घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नम्बर६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नम्बर ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक बिरेन्द्र बोहरा, वडा नम्बर ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन्।
यसैगरी, पुर्चौडी नगरपालिकाकै वडा नम्बर १० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नम्बर५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते रहेका छन् ।
घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



