काठमाडौं — जेनजी आन्दोलनका बेला फरार भएका अपराधी कर्मा तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार कारागारबाट फरार भएपछि पनि तामाङ शृङ्खलाबद्ध अपराधमा सक्रिय रहेका थिए। पक्राउ पर्नुअघि उनले सिक्री लुटेको तथा मोटरसाइकल चोरीसहित विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेले जानकारी दिए।

उनीलाई खोजी गर्ने क्रममा प्रहरी टोलीसँग जम्काभेट भएको थियो। सो क्रममा तामाङले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले जवाफी कारबाही गर्दै उनको खुट्टामा गोली प्रहार गरेको एसएसपी घिमिरेले बताए।

गोली लागेर घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय