काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार ललितपुरबाट उनलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार भण्डारीलाई ललितपुर महानगरपालिका–२३, धापाखेलबाट पक्राउ गरिएको हो। स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियामा मिलेमतो गरी राज्यलाई करोडौं रुपैयाँ बराबरको हानि–नोक्सानी पुर्‍याएको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

भण्डारी तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका विज्ञका रूपमा कार्यरत थिए। टेरामक्स प्रकरणमा तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि भण्डारी प्राधिकरणको अध्यक्ष बनेका थिए।

प्रहरीले स्मार्ट सेलको सम्पत्ति बिक्रीसँग सम्बन्धित अनियमितताबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय