काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को एक पद रिक्त भएपछि चार जना प्रहरी उपरीक्षक (एसपी) बढुवाको प्रतिस्पर्धामा रहेका छन्।

एसएसपी भीमबहादुर दाहाल उमेर हदका कारण साउन १५ गतेदेखि अवकाशमा गएसँगै उक्त दरबन्दी रिक्त भएको हो। उनी कोशी प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान नियन्त्रण तथा अनुसन्धान महाशाखा, विराटनगरमा कार्यरत थिए।

दाहाल २०५४ मंसिर १ गते असई दर्जाबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। २०५८ साउन १८ गते इन्स्पेक्टरमा खुला प्रतिस्पर्धाबाट नाम निकाल्दै उनले २०६७ पुस २३ गते डीएसपी, २०७५ फागुन ७ गते एसपी र २०८१ जेठ ३१ गते एसएसपीमा बढुवा प्राप्त गरेका थिए।

रिक्त पदमा बढुवाका लागि २०७७ माघ १२ गते एसपीमा बढुवा भएका वासुदेव खतिवडा, प्रजीत केसी, राजकुमार सिलवाल र वीरेन्द्रबहादुर शाही प्रतिस्पर्धामा छन्। उनीहरू सबै २०५८ सालको इन्स्पेक्टर ब्याचका अधिकारी हुन्।

प्रहरी नियमावलीअनुसार एसएसपी दर्जाको बढुवा गृहसचिवको अध्यक्षतामा रहेको बढुवा समितिबाट हुने व्यवस्था छ। प्रहरी प्रधान कार्यालयसँग आवश्यक समन्वय पूरा भएपछि बढुवा समितिको बैठक बसेर रिक्त पदमा निर्णय गर्ने प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय