काठमाडौँ – नेपाली कला क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका कलाकार राज आचार्यले यस दशैंलाई अझ विशेष बनाउन ‘नेपाली माया पठाउँछु’ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। दशैंको घटस्थापनाको शुभ अवसरमा ‘लिसन टु राज’ युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

‘नेपाली माया पठाउँछु’ गीतले विशेषगरी विदेशमा संघर्ष गरिरहेका नेपालीहरूको मर्मलाई कलात्मक तरिकाले उजागर गरेको छ। गीतमा विदेश जाने सपना र घरमा आमाबुबाको साथ छोड्ने पिडा अनि दोधारमा परेका युवाहरूको भावनात्मक कथालाई उतारिएको छ।

राज आचार्य र बिशम आचार्यको आवाजले गीतलाई थप सजीव बनाएको छ भने मनिष गन्धर्वको सारंगीले संगीतलाई गहिरो प्रभाव दिएको छ।
गम्भीर बिष्टको निर्देशनमा बनेको यो म्युजिक भिडियोले बाल्यकालको मित्रता र वैदेशिक रोजगारीमा हुने संघर्षलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरेको छ। विशेष गरी देश छोड्नु, बिदाइको क्षण, र विदेशको उतारचढावलाई जिवन्त रुपमा देखाइएको छ। बाल कलाकार आशुतोष न्यौपाने र कृतान्त निगम बिष्टले बाल्यकालको मित्रतालाई माया र समर्पणको रुपमा प्रस्तुत गरेका छन्।

भिडियोमा राज आचार्य, शंकर आचार्य, गणेश बिस्ट, ज्ञानी बिस्ट, निर्मला आचार्य र बिशम आचार्यलगायत कलाकारहरूले बलियो अभिनय गरेका छन्।

कलाकारहरूको सशक्त अभिनयले भिडियोलाई थप उत्कृष्ट बनाएको छ। फोटोग्राफी इस्वर बल्लव उप्रेतीले गरेका छन् भने सम्पादन र ग्राफिक्सको जिम्मेवारी राकेश दाहालले सम्हालेका छन्।
यो म्युजिक भिडियोले वैदेशिक रोजगारीमा लागेका नेपालीहरूको मनमा घर र परिवारको माया अनि संघर्षको कथा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय