
धनगढीः चोरी मुद्दामा फरार रहेका धनगढीका एक जना पक्राउ परेका छन्।
कैलाली जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा २३ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने २१ वर्षीय हिमाल शाह पक्राउ परेका हुन्। शाहलाई जिल्ला प्रहरी कार्याय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।




