
गुल्मी : गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ्ग अडारे की २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए।
मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन्। करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।




