
बिराटनगर । हरेक दिन जसो लागु औषध प्रयोगकर्ता पक्राउ गरिरहेको इलाका प्रहरी कार्यालय रानीले फेरी आज लागुऔषध गॅाजा सहित २ जनालाई पक्राउ परेका छन् । इप्रका रानीका प्रहरी ईन्चार्ज प्रहरी निरिक्षक प्रकाश थापा र ला.औ. ब्युरो बिराटनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले ४३ किलो लागु औषध गाँजासहित उनिहरूलाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा नेपाल बाट भारत तर्फ जादै गरेको बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको फछाडी सिटको दुबै साईडमा लुकाई छिपाई ल्याएको गाँजा ४३ केजी सहित कार,कार चालक जि.मोरङ बिराटनगर म.न.पा. वडा नं. १५ बस्ने बर्ष ३२ को गणेश चौधरी,ऐ म.न.पा. १३ बस्ने बर्ष २२ को रोजेश परीयारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी प्रमुख प्रकाश थापाले जानकारी दिनु भयो ।

लागु औषध गॅाजा ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा इप्रका रानी र ला.औ. ब्युरो बिराटनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले आज दिउसो उनिहरूलाई उक्त परिणामको लागु औषधसहित पक्राउ गरी इ.प्र.का. रानी मोरङमा ल्याई थप अनुसन्धान भईरहेको प्र.नि थापाले जानकारी दिनुभयो ।



