झापा । झापाको कनकाई नगरपलिका-५ चप्परमारी स्थित भित्री सडक खण्डमा हिजो साँझ भएको दुर्घटनामा घाइते बालकको निधन भएको छ ।

बिहीबार साँझ ५:०० बजे सुरुङगाबाट झापाबजार तर्फ जादैं गरेको प्र १-०१-०१७ प ४३७० नं.को मोरटसाईकलले बाटो क्रस गर्दै गरेको पैदलयात्री स्थानीय सुन्तली टुडुको छोरा अन्दाजी बर्ष ४ को आर्यन टुडुलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको उपचारको लागि तत्काल बिर्तासिटि अस्पताल बिर्तामोड लगि सामान्य उपचार पश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।

बिएण्डसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत्यु भइसकेको भनि घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण कुमार चन्दले बताए ।

ठक्कर दिने मोटरसाईकल र चालक जिल्ला झापा झापा गाउँपालिका-२ बस्ने बर्ष २४ को बसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी चन्दले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय