काठमाडौँ– नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका विषयमा सर्वोच्च अदालतमा पुगेको विवाद तत्कालका लागि निरूपण भएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गरेसँगै ३० वर्षे सेवा अवधि तत्काल कायम रहने भएको छ।

३० वर्षे सेवा अवधि हटाउन माग राख्दै प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना रिट लिएर सर्वोच्च गएका थिए। भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले ३० वर्षे हटाउन अन्तरिम आदेश दिएको थियो।

त्यसविरुद्ध सरकार ‘भ्याकेट’ निवेदन लिएर सर्वोच्च पुगेको थियो। अन्तरिम आदेश खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा परेको निवेदन, यसअघिको अन्तरिम आदेश लगायतका मुद्दालाई एकै ठाउँमा राखेर शुक्रबार सुनुवाइ भएको थियो। सो क्रममा इजलासले अन्तरिम आदेश खारेज गर्ने आदेश दिएको हो।

सर्वोच्चको संयुक्त इजलासले शुक्रबार गरेको आदेशसँगै प्रहरीका डीआईजी विष्णुकुमार केसीसहित ८९ जना अधिकृत एकसाथ अवकाशमा जाने भएका छन्। शनिबार बिदा र आइतबारदेखि ३० वर्षे सेवा अवधि पुग्ने भएकाले उनीहरू शुक्रबारदेखि नै अवकाशमा जाने भएका छन्।

‘भ्याकेट’ निवेदनमा बिहीबार सुनुवाइ गर्दै इजलासले शुक्रबारका लागि दुवै पक्षलाई बोलाएको थियो। यसैबीच शुक्रबार सुनुवाइका क्रममा रिट निवेदक प्रहरी कर्मचारीको तर्फबाट बहस गरेका कानून व्यवसायीले सुनुवाइको प्रक्रिया र इजलासका विषयमा प्रश्न उठाउँदै बहस नै बहिष्कार गरेर बाहिरिएका थिए। त्यसपछि एकतर्फी सुनुवाइ गर्दै इजलासले आदेश गरेको हो।

यी हुन् अवकाश हुने ८९ प्रहरी


गतसाताको अन्तरिम आदेश खारेज भएसँगै ८९ प्रहरीको जागिर अवधि सकिएको छ। ३० वर्ष पूरा गरेर बिदा हुनेमा२०५१ साल भदौमा एकसाथ प्रहरी सहायक निरीक्षकमा भर्ना भएर हाल डीआईजी रहेका विष्णुकुमार केसीदेखि प्रहरीनिरक्षिकहरूसम्म छन्।

अवकाश हुनेमा ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छन्। एसएसपीहरू ट्राफिक प्रहरी प्रमुख जीवनकुमारश्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, दिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई रवीन्द्र रेग्मीले पनि अवकाश पाएका छन्। 

एसपीहरूमा कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरिकोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ नवीनकिशोर प्रधान पनिउनीहरूसँग अवकाश भएका छन्।
३१ जना डीएसपी पनि अवकाश हुँदैछन्। 

डीएसपी श्रीराम भण्डारी, भरतकुमार शाह, रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुरमल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, मनोजकुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेशबस्नेत, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम छन्।

यस्तै नारायणबहादुर श्रेष्ठ, राकेशकुमार पोदार, गोविन्द पन्थी, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, अनिलकुमार उप्रेती, शैलेन्द्रकुमार खड्का, उद्धवप्रसाद अधिकारी, रामबहादुर चन्द, सुजितकुमारओझा, फणीन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत पनि अवकाश हुँदैछन्। 

इन्सपेक्टर ३५ जना अवकाश भएका छन्। अवकाश हुनेमा योगराज न्यौपाने, शान्तराम कार्की, हिराबहादुर केसी, खेमराज कडायत, सरोजकुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओमप्रकाश वाग्ले, बिजुलीनाथयोगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुनप्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मी, हरिविष्णुढकाल, रविभूषण प्रसाद यादव, राजेन्द्रप्रसाद यादव, उदयसिंह सिजापती, मोहन थापा, कलेन्द्रविक्रम शाही मानप्रसाद श्रेष्ठ  छन्। 

यस्तै किसन चन्द ठकुरी, अवधकिशोर ओझा, विजय भण्डारी, भीमबहादुर कार्की, प्रेमबहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, मेघनाथ चापागाईं, निलमबहादुर भण्डारी, तीर्थबहादुर भण्डारी, जगदीश पौडेल, गोपाल चालिसे कमलआचार्यले पनि अवकाश पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय