
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पूर्वमहामन्त्री मुकुल ढकाललाई थप कारबाही लगायतका एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा अहिले केहीबेरमा बैठक बस्न लागेको हो ।
आजको बैठकले पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ। ढकाललाई पछिल्लोपटक सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ नपठाए पछि आज कारबाही गर्न लागिएको बताइएको छ ।




