
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालकानुसार नतिजा प्रकाशनको लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको रबोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । प्राविधिक त्रुटी वा केही भैपरी समस्या नआएकमा शुक्रबारनै नतिजा प्रकाशन हुने सम्भावना रहेको जनाकारी दिए।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । याेसंख्या देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थीहरूकाे हाे ।
एसईईको नतिजा जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछ । जसमाप्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन्।



