
काठमाण्डौ। एक तह बढुवा हुँदा पनि खाइपाई आएभन्दा तलब घटेका प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)कोतलब वृद्धि गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ ।
सइबाट वरिष्ठ सइमा बढुवा भएका प्रहरी कर्मचारीले पहिलेभन्दा कम तलब पाउने गरेका छन् ।

तह र फुली बढ्दा तलब घटेर अन्याय भएको भन्दै वरिष्ठ सइहरूले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
जसमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले बुधबार परमादेश जारी गरेको हो ।
प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ रइन्स्पेक्टरबीच वरिष्ठ सइ पद थपेको थियो ।
०७८ को चैतमा १ हजार चार सय १८ जना वरिष्ठ सइमा बढुवा भएका थिए । तर, उनीहरूको तलब दुई सय ६२ रुपैयाँघटेको थियो ।
वरिष्ठ सइको आधारभूत तलब ४० हजार नौ सय ९८ रुपैयाँ छ । उनीहरूले अधिकतम दुई ग्रेड थप पाउने भएकाले ३हजार ७ सय ३२ मात्र पाउने गरेका छन् ।
तर, सइको तलब भने ४३ हजार नौ सय ९४ रुपैयाँसम्म छ ।
यो समस्या समाधान गर्न वरिष्ठ सइहरूले सामूहिक रूपमा प्रहरी महानिरीक्षक, गृह मन्त्रालय तथा अर्थ मन्त्रालयलाईआग्रह गरेका थिए । तर, समस्या समाधान नभएपछि अदालतमा गएका हुन् ।
सइबाट वरिष्ठ सइमा बढुवा हुँदा काँधमा फुली बढे पनि तलब घटेपछि निराश बनेका प्रहरी अधिकारीले ०८० को असारर पुसमा रिट हालेका थिए ।
वरिष्ठ सइहरू विनयबहादुर चन्द, रामसिंह बोहरा, विनोदबहादुर डिसी, रामबहादुर कार्की, कृष्णकुमार यादव, चन्द्रकान्त जोगी, चन्द्रशेखर वली क्षेत्री, विश्वनाथ अधिकारी, राजु रिजाल, ईश्वरबहादुर थापा, अरुणकुमार सिंह, यज्ञराज शर्मा, राजु थापा, सूर्यभान चौधरीलगायतले रिट दायर गरेका थिए ।



