
बिराटनगर । हरेक दिन जसो लागु औषध प्रयोग कर्ता पक्राउ गरिरहेको इलाका प्रहरी कार्यालय रानीले फेरी आज लागु औषध ब्राउनसुगर सहित इप्रका रानी र ला.औ. ब्युरो बिराटनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले बिराटनगर १७ मटेरुवा बाट ४.०८ ग्राम ब्राउन सुगर सहित एक जना मानिस पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला सुनसरी ईटहरी उ.म.न.पा.-४ आईतबारे बस्ने बर्ष २५को अमन चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

लागु औषध ब्राउन सुगर ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा इप्रका रानी र ला.औ. ब्युरो बिराटनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले बुधबार दिउसो १५:०० बजेको समयमा चौधरीलाई उक्त परिणामको लागु औषध ब्राउन सुगर सहित पक्राउ गरी इ.प्र.का. रानी मोरङमा ल्याई थप अनुसन्धान भईरहेको प्र.नि थापाले जानकारी दिनुभयो ।



