हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, ओमनगरमा एक प्रहरी कर्मचारी मृत फेला परेका छन्।

मंगलबार बिहान करिब ४ः३० बजे प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ ओमनगर गेट नजिकै झुन्डिएको अवस्थामा फेला परेका हुन्।

मर्निङ वाकमा निस्किएका एक व्यक्तिले गुरुङलाई झुन्डिएको अवस्थामा देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय