सुरक्षा सरोकार । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीकी छोरीले आफ्ना बुबामाथि अन्याय भएको भन्दै सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति सार्वजनिक गरेकी छन् ।

सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेपछि उनकी छोरीले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै परिवारले भोगिरहेको पीडा, बुबाको संघर्ष र राष्ट्रसेवाप्रतिको समर्पण स्मरण गरेकी हुन् ।

उनले ‘बाहिर अमृत देखे पनि, भित्र भने विषादी रहेछ…’ भन्ने गीतका शब्द उल्लेख गर्दै पछिल्लो घटनाक्रमले आफू र आफ्नो परिवारलाई गहिरो पीडा दिएको बताएकी छन् । घटनाको २४ घण्टा बितिसक्दा पनि परिवारले त्यसलाई सहजै स्वीकार गर्न नसकेको र रातभरि निदाउन नसकेको उनको भनाइ छ ।

उनको स्टाटस यस्तो छ :-

“बाहिर अमृत देखे पनि, भित्र भने विषादी रहेछ…”

आज यो गीतका शब्दहरू केवल गीतका शब्द रहेनन्, जिन्दगीकै यथार्थ बनेर अगाडि उभिएका छन्।

२४ घण्टा बितिसक्यो। तर म र मेरो परिवार अझै पनि हिजो जे भयो, त्यसलाई सहजै स्वीकार गर्न सकिरहेकाछैनौँ। रातभरि आँखा चिम्लिन सकेनौँ। मनमा एउटै प्रश्न घुमिरह्यो— आखिर इमानदारी, निष्ठा, समर्पण रकर्तव्यपरायणताको मूल्य यही हो?

मेरो बुबा, मैले उहाँलाई केवल एउटा पदमा बसेको व्यक्ति भनेर कहिल्यै देखिनँ। मैले उहाँलाई घाम नभनी, पानीनभनी, दिन नभनी, रात नभनी आफ्नो जिम्मेवारीमा खटिएको मान्छेका रूपमा देखेकी छु। आन्दोलनका कठिनपरिस्थितिमा अग्रपङ्क्तिमा खटिँदा होस् वा देशको सुरक्षा र शान्तिका लागि चुनौतीपूर्ण जिम्मेवारी निर्वाह गर्दा, उहाँले आफ्नो व्यक्तिगत सहजतालाई कहिल्यै प्राथमिकता दिनुभएको मैले देखिनँ।

कति रात परिवारसँग बिताउन पाउनुभएन। कति चाडपर्वमा घरको खुसीभन्दा आफ्नो जिम्मेवारीलाई ठूलोमान्नुभयो। कति पटक शरीर थाकेको होला, मन थाकेको होला, तर कर्तव्यबाट पछि हटेको मैले देखिनँ। उहाँकोजीवनमा ‘आराम’ भन्दा ‘जिम्मेवारी’ ठूलो रह्यो।

एउटी छोरीका रूपमा मैले उहाँको संघर्ष नजिकबाट देखेकी छु। पढ्, अगाडि बढ्, आफ्नो खुट्टामा उभिन सिक् भनेरकति दुःख सहनुभयो। आफ्ना सन्तानको भविष्यका लागि कति कुरा मनभित्रै दबाउनुभयो। आज त्यही बुबाकोअनुहार सम्झिँदा मन यति पोल्छ कि शब्दले व्यक्त गर्न सक्दिनँ।

हिजो बेलुका म बुबालाई भेट्न पुगेँ। उहाँको काँधमा टाउको राखेर रोएँ। कति बेर रोएँ, आफैँलाई थाहा छैन।उहाँको काँधमा रोइरहँदा मनमा एउटै कुरा थियो— आफ्नो सम्पूर्ण जीवन कर्तव्यका लागि समर्पित गरेको मान्छेलेआखिर यस्तो दिन पनि देख्नुपर्ने रहेछ?

रुँदारुँदै भोलिपल्ट काममा जाँदा पनि टाउको भारी थियो। शरीर काममा पुगे पनि मन त्यहीँ अड्किएको थियो।रातभरि नसुतेको थकानभन्दा मनभित्रको पीडा धेरै भारी थियो।

खाँदै नखाएको कुरामा विष लगाइएको छ। प्रमाणबिना जसको बारेमा जे बोले पनि हुने? के पद नै यति ठूलो रहेछकि कसैको वर्षौँको निष्ठा, त्याग र इमानदारीको कुनै मूल्य नै नहुने?

सरकार परिवर्तन हुन सक्छ। नेतृत्व परिवर्तन हुन सक्छ। जिम्मेवारी हस्तान्तरण हुन सक्छ। तर कुनै पनिपरिवर्तनको नाममा व्यक्तिको सम्मान र प्रतिष्ठामाथि अन्याय हुनु हुँदैन। कसैलाई दोषी देखाउनुअघि प्रमाणचाहिन्छ। कसैको योगदानलाई मेटाउनुअघि इतिहास हेर्नुपर्छ। र कसैको आत्मसम्मानमाथि चोट पुर्‍याउनुअघिन्याय र नैतिकताको ख्याल गर्नुपर्छ।

आज कतिपय मानिस खुसी भइरहेका होलान्। कतिपयले खुलेर खुसी मनाउन नसकेर भित्रभित्रै उत्सव मनाइरहेकाहोलान्। कसैका लागि यो एउटा पदको परिवर्तन मात्र होला। तर हाम्रो परिवारका लागि यो २४ घण्टा एउटा यस्तोपीडा बनेर बितेको छ, जसलाई शब्दमा बयान गर्न कठिन छ।

म कसैको खुसी खोस्न चाहन्नँ। कसैको प्रगति रोक्न पनि चाहन्नँ। तर मेरो बुबाको सम्मानमाथि प्रश्न उठाएर, उहाँको वर्षौँको समर्पणलाई अवमूल्यन गरेर प्राप्त हुने कुनै पनि खुसीले न्यायको अर्थ राख्दैन।

मलाई आज पनि बुबाको अनुहार सम्झिँदा मन भक्कानिन्छ। उहाँले आफ्नो जीवनमा कति कुरा सहनुभयो होला, कति अपमान चुपचाप पचाउनुभयो होला, कति पीडा परिवारलाई समेत महसुस हुन दिनुभएन होला। एउटा छोरीभएर आज उहाँका लागि केही गर्न नसक्नुको असहायपन झन् ठूलो छ।

यो एउटी छोरीको आक्रोश हो। यो एउटी छोरीको आँसु हो। र यो एउटी छोरीको न्यायको माग हो।

मलाई चाहिएको केवल न्याय हो। सत्यलाई सत्यका रूपमा स्थापित गरियोस्। आरोप छन् भने प्रमाणसहितसार्वजनिक गरियोस्। निर्णयहरू व्यक्तिगत पूर्वाग्रह वा राजनीतिक स्वार्थभन्दा माथि उठेर गरिऊन्। एउटाव्यक्तिको इमानदारी, आत्मसम्मान र राष्ट्रप्रतिको योगदानलाई मनपरी ढङ्गले कुल्चिने अधिकार कसैलाई छैन।

बुबा, तपाईंले हामीलाई सधैँ इमानदार हुन, आफ्नो कर्तव्य पूरा गर्न र कठिन परिस्थितिमा पनि नझुक्नसिकाउनुभयो। आज तपाईंको काँधमा रोए पनि, तपाईंले सिकाएको त्यही साहस समातेर उभिन खोजिरहेकी छु।

तर एउटा कुरा चाहिँ भन्नैपर्छ— तपाईंको संघर्ष हामीले देखेका छौँ। तपाईंले बगाएको पसिना हामीले देखेका छौँ।तपाईंले देश र संगठनका लागि गरेको त्याग हामीले देखेका छौँ। इतिहास कसैको पदले मात्र लेखिँदैन, कर्मलेलेखिन्छ।

यो एउटी छोरीको श्राप होइन, अन्याय गर्नेहरूका लागि एउटा प्रश्न हो— कुनै दिन आफ्नै कर्मको जवाफ दिनुपर्नेसमय आयो भने के उत्तर दिनुहुनेछ?

आज मन यति पोलेको छ कि आँसु पनि थाकिसके। तर आवाज थाकेको छैन। हामीलाई सहानुभूति होइन, न्यायचाहिएको छ। हामीलाई दया होइन, सत्यको सम्मान चाहिएको छ।

दानबहादुर कार्की एउटा पदको नाम मात्र होइन, एउटा परिवारको भरोसा, वर्षौँको संघर्ष र राष्ट्रसेवामा बिताएकोजीवनको पहिचान हुनुहुन्छ। त्यो पहिचान कुनै निर्णयले मेटाउन सक्दैन।

न्याय ढिलो हुन सक्छ, तर अन्यायलाई सामान्यीकरण गर्न सकिँदैन।

हामी चुप छौँ भन्दैमा हाम्रो पीडा सानो छैन। हामी संयमित छौँ भन्दैमा अन्याय स्वीकार गरेका छैनौँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय