
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, पिपरियाबाट प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका ३४ वर्षीय रामनरेस राना रहेका छन्।

पिपरियामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो रानाको घर तथा कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा १ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ र नगद १० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले रानालाई नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।




