
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन्।
महासभामा भाग लिएर सम्बोधन गरेपश्चात् उनी असोज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको असर तथा क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्। भ्रमणका लागि प्रधानमन्त्रीसहित १० जनासम्मको प्रतिनिधिमण्डल न्यूयोर्क जाने तय भएको छ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने तय भए पनि भोटेकोशीमा आएको बाढीपछिको परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्री शाह आफैँ महासभामा सहभागी हुन लागेका हुन्।




