
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीबाट उत्पन्न अवस्थाबारे प्रतिनिधिसभालाई जानकारी गराउने भएका छन्।
बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले बाढीको अवस्था, उद्धार तथा राहतका विषयमा सांसदहरूलाई जानकारी गराउने कार्यक्रम तय भएको हो।

सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबाट भएको क्षति तथा सरकारले अघि बढाइरहेको उद्धार र व्यवस्थापनका प्रयासबारे ब्रिफिङ गर्ने कार्यसूची रहेको छ।




