काठमाडौं । कीर्तिपुर नगरपालिका–७ भाजंगलमा बाटोमा हिँडिरहेकी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङका २२ वर्षीय सत्यराज खत्री, कञ्चनपुरका २२ वर्षीय ललित दमाई र अशोक भण्डारी रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भदौ १२ गते राति करिब ८ बजे उनीहरूले बाटोमा हिँडिरहेकी महिलालाई जिस्क्याउँदै फोन नम्बर माग्ने तथा अशोभनीय शब्द प्रयोग गर्ने गरेको आरोप छ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय