नुवाकोट । भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीले नदी किनारका बस्ती, बजार तथा महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

त्रिशूली नदी आसपासका कैयौँ बस्ती बाढी र कटानका कारण तहसनहस भएका छन्। कतिपय घर तथा संरचना नदीमा बगेका छन् भने उभिएका भवनको जगसमेत कटानले कमजोर बनेको छ। त्रिशूली, ढुंगेबजार र देवीघाटका नदी किनार क्षेत्र भग्नावशेष र बालुवाले भरिएका छन्।

बाढीबाट जलविद्युत आयोजनाका संरचनामा समेत ठूलो क्षति पुगेको छ। आयोजनाहरू प्रभावित भएपछि नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदा बाढी प्रभावित नागरिकको जनजीवन थप कठिन बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय