
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्यसम्बन्धी परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पठाएका छन्।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्टसहितको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद्मा कालो चस्मा नलगाउन प्रमुख सचेतक र सचेतकममार्फत सांसदहरूलाई आग्रह गरेका थिए। स्वास्थ्य कारणले चस्मा लगाउनुपर्ने भए त्यसको प्रमाणस्वरूप स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने सभामुखको भनाइ थियो।




