मुस्ताङ — अविरल वर्षाका कारण पहिरो र लेदो खसेर अवरुद्ध बनेको बेनी-जोमसोम सडक खण्ड पुनः सञ्चालनमा आएको छ। कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला आयोजनाको तत्परतामा पहिरो पन्छाएपछि म्याग्दी-सिरुवारी र सुकेबगर क्षेत्रमा यातायात एकतर्फी रूपमा सुचारु भएको हो।

शुक्रबार रातिदेखि परेको झरीले सडकमा लेदो र पहिरो थुपारिएपछि सवारी आवागमन ठप्प बनेको थियो। आयोजना कार्यालयका अनुसार करिब दुई घण्टाको निरन्तर प्रयासपछि सडक खुलाइएको हो।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार आज बिहानैदेखि सडक एकतर्फी रूपमा सञ्चालन भइसकेकाले हाल सवारी साधनहरू सहजै आउजाउ गरिरहेका छन्। केही सञ्चारमाध्यममा अझै पनि बाटो बन्द रहेको भन्ने भ्रमपूर्ण समाचार प्रवाह भइरहेको भन्दै शर्माले त्यस्ता असत्य खबरको पछि नलाग्न र ढुक्क भएर यात्रा गर्न यात्रुहरूलाई अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय