काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागीले नोटबन्दीबारे प्रश्न गरेपछि मन्त्री वाग्लेले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

 

उनले नेपालमा अहिले नोटबन्दी उपयुक्त हुने नदेखिएको बताए। “नोटबन्दीबारे रोचक प्रश्नहरू सुनियो। तर अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,” उनले भने।

 

वाग्लेले नोटबन्दीको अभ्यास गरेका अन्य देशमा समेत अपेक्षित सफलता नदेखिएको उल्लेख गर्दै नेपालमा पनि त्यसलाई तत्काल अघि बढाउने पक्षमा सरकार नरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय