
ललितपुर । ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा औषधि फिर्ता गर्ने विषयलाई लिएर सेवाग्राही र अस्पताल सुरक्षामा खटिएका सादा पोशाकका प्रहरीबीच भनाभन भएको छ।
आज औषधि फिर्ता गर्न अस्पताल पुगेका सेवाग्राही र काउन्टरका कर्मचारीबीच विवाद भएपछि अवस्था बुझ्न सातदोबाटो प्रहरी बिटका असई कृष्ण न्यौपाने पुगेका थिए। सादा पोशाकमा रहेका न्यौपाने र सेवाग्राहीबीच समेत त्यसक्रममा भनाभन भएको बताइएको छ।

विवादका क्रममा सेवाग्राहीले असई न्यौपानेलाई ‘तँ गुण्डा होस्, मलाई तेरो हर्कत सबै थाहा छ’ भन्दै आक्रोश व्यक्त गरेको पिडितले जनाएका छन्।
सेवाग्राहीका अनुसार उनले अस्पतालमा सिभिलमा आएर आफु प्रहरी भएको भन्दै थर्काएको भन्दै गुनासो गरेका छन्। आफूले औषधि फिर्ता गर्न मात्रै खोजेको र अन्य कुनै विवाद गर्न नचाहेको उनको भनाइ छ। ‘औषधि फिर्ता गर्ने विषय मात्रै थियो, प्रहरीले नै किन सेवाग्राहीलाई थर्काउने?’ भन्दै उनले प्रश्न गरेका छन्।
यता, घटनाको वास्तविक अवस्था र विवादको सुरुआती कारणबारे भने दुवै पक्षको धारणा फरक हुन सक्ने देखिएको छ। घटनाबारे प्रहरीको औपचारिक धारणा सार्वजनिक भएको छैन।
प्रहरीका अनुसार बीएन्डबी अस्पतालको सुरक्षाका लागि सातदोबाटो प्रहरी बिटबाट असई न्यौपानेसहित एक हवल्दार खटिँदै आएका छन्। अस्पतालमा नियमित सुरक्षा व्यवस्थापनका क्रममा उक्त विवाद भएको बताइएको छ।




