काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेको आशंकामा एक वृद्ध दम्पती बुधबार साँझदेखि बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य बिहीबार पनि जारी रहे पनि अवस्था अझै अज्ञात छ।

बुधबार साँझ करिब ५ बजे दोलालघाटको भित्री बजारमा ६८ वर्षीय केदारनाथ पराजुली आफ्नी ६७ वर्षीया पत्नी तीलकुमारी पराजुलीलाई पिठ्युँमा बोकेर शान्त रूपमा हिँडिरहेको दृश्य स्थानीयले देखेका थिए। ढाका टोपी र कुर्था–सुरुवाल लगाएका केदारनाथ फुर्तिलै हिँडिरहेका थिए भने अशक्त देखिएकी तीलकुमारीले श्रीमानलाई अँगालो हालेकी थिइन्।

स्थानीयका अनुसार केहीबेरपछि दुलालेश्वर महादेव मन्दिर नजिकबाट एक वृद्ध दम्पतीले सुनकोशी नदीमा हाम फालेको खबर फैलिएपछि प्रहरी घटनास्थल पुगेको थियो। खोजी सुरु गरिए पनि रातिसम्म उनीहरूको कुनै अत्तोपत्तो लागेन।

घटनाबारे मण्डनदेउपुर नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले बेपत्ता हुने दम्पती आफ्नै वडाका केदारनाथ र तीलकुमारी पराजुली भएको पुष्टि गरे।

उनका अनुसार पराजुली दम्पती मध्यम आय भएको परिवारका हुन्। उनीहरू छोरा, बुहारी, एक नाति र एक नातिनीसँग बस्दै आएका थिए। तीन छोरीको विवाह भइसकेको छ। परिवारमा गम्भीर कलह रहेको जानकारी स्थानीय तहलाई नभएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय