भैरहवा (रूपन्देही) — नेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवा (रूपन्देही) ले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत असार महिनाको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरका प्रदेश प्रहरी कार्यालयहरूमध्ये प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदेश कार्यालय बन्न सफल भएको छ।

यस उल्लेखनीय उपलब्धिको नेतृत्व प्रदेश प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेल ले गर्नुभएको हो। उहाँको कुशल नेतृत्व, प्रभावकारी व्यवस्थापन, अनुशासित कार्यशैली तथा परिणाममुखी कार्यसम्पादनका कारण कार्यालयले उत्कृष्ट नतिजा हासिल गरेको हो।

कार्यालयले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन, समुदाय–प्रहरी साझेदारीलाई सुदृढ गर्न, सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन तथा प्रहरी संगठनभित्र सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिँदै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनमा उल्लेख गरिएको छ।

देशभरका प्रदेश प्रहरी कार्यालयबीच भएको प्रतिस्पर्धात्मक मूल्याङ्कनमा पहिलो स्थान हासिल गर्नु प्रदेश प्रहरी कार्यालय भैरहवा तथा सम्पूर्ण प्रहरी संगठनका लागि गर्वको विषय बनेको छ। यस सफलताले प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय प्रहरी सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय