
काठमाडौं । सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोपपछि झापा र सुनसरीमा कार्यरत सशस्त्र प्रहरी बल नेपालका दुई प्रहरी उपरीक्षक (एसपी) लाई मुख्यालय तानिएको छ।
गृह मन्त्रालयको निर्देशनपछि झापाका एसपी अम्बिका प्रसाद जोशी र सुनसरीका एसपी श्यामकुमार कार्की लाई सशस्त्र प्रहरी मुख्यालयमा झिकाएर विभागीय छानबिन सुरु गरिएको स्रोतले जनाएको छ।

गत साता गृहमन्त्री सुधन गुरुङ ले झापा र सुनसरी जिल्लाको स्थलगत अनुगमन गरेका थिए। अनुगमनका क्रममा सीमा क्षेत्रमा तस्करी नियन्त्रण, सुरक्षा व्यवस्थापन तथा सशस्त्र प्रहरीको कार्यसम्पादन अपेक्षाअनुसार नभएको निष्कर्षसहित थप छानबिन गर्न निर्देशन दिइएको बताइएको छ।




