
काठमाडौँ। काठमाडौँको कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा सोमबार बिहान एक अनपेक्षित दुर्घटना भएको छ। सडकमा गुडिरहेको अवस्थामा बा५च ३०३८ नम्बरको कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका एक पुरुषको जलेर मृत्यु भएको छ।
आगो नियन्त्रणमा लिने क्रममा कारभित्र पूर्ण रूपमा जलेको अवस्थामा शव फेला पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार एक बैंकको नाममा दर्ता रहेको खुलेको छ। मृतकको पहिचान (सनाखत) हुन बाँकी रहेको छ भने आगलागी दुर्घटनावश भएको वा अन्य कुनै कारण थियो भन्नेबारे प्रहरीले गम्भीरताका साथ अनुसन्धान अघि बढाएको छ।




