काठमाडौं । काठमाडौं महानगरपालिका–१४, टेकुबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध र नगदसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार साँझ करिब ५ बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१४ का ३२ वर्षीय अनिल देवकोटालाई पक्राउ गरेको हो।

प्रहरीले देवकोटाले लुकाइछिपाइ राखेको अवस्थामा ट्रामाडोल २,८६७ क्याप्सुल, डाइजेपाम १,१५५ एम्पुल, गाँजाको धुलोजस्तो देखिने पदार्थ १५ ग्राम, नगद रु. १ लाख ४० हजार १६५ तथा बा ७० प ७५८० नम्बरको स्कुटर समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका देवकोटामाथि लागूऔषध सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय