
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका बेचन झालाई जिल्ला अदालत काठमाडौंले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय निर्धारण गरेको छ।
मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी उद्योग कसुरमा झालाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको हो।

बेचन झा २०८१ असार १४ गते पक्राउ परेका थिए। पक्राउपछि उनी पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका छन्। जिल्ला अदालतले मंगलबार सजाय निर्धारण गर्दै उनीविरुद्धको मुद्दामा अन्तिम फैसला गरेको हो।




