बाँके । बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रको पचपोखरा नाकामा सशस्त्र प्रहरी बल, नेपालको बिओपी साईगाउँले लगातार सञ्चालन गरेको निगरानी र चेकजाँचका क्रममा ६ लाख ४१ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद भएका छन्।

सशस्त्र प्रहरी बाँकेका अनुसार सशस्त्र प्रहरी निरीक्षक निरज कार्कीको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइँदै गरेका लत्ताकपडा, तस्करीमा प्रयोग गरिएका दुई वटा मोटरसाइकल र फुल नियन्त्रणमा लिनुका साथै एक जनालाई पनि पक्राउ गरेको छ।

तीन दिनको अवधिमा गरिएको कारबाहीमध्ये आइतबार ३ लाख रुपैयाँ बराबरका २ सय पिस लेडिज कुर्ता–सुरुवाल बरामद गरिएको थियो। शनिबार २ लाख ३१ हजार रुपैयाँ बराबरका ९ रोल सुट–पेन्ट, ११ रोल सर्टको कपडा र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो भने सोमबार साँझ १ लाख १० हजार रुपैयाँ बराबरको अर्को मोटरसाइकल र फुल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद भएका सबै सामान तथा तस्करीमा प्रयोग गरिएका दुई वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। पक्राउ परेका व्यक्तिमाथि समेत थप कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय