काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरणमा सोधपुछका लागि बोलाइएका सबै व्यक्तिलाई आवश्यक बयान लिएपछि प्रहरीले छाडेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार यस घटनामा कसैलाई पक्राउ गरिएको थिएन। आवश्यक सोधपुछ र बयानपछि सबैलाई शुक्रबार नै घर पठाइएको उनले जानकारी दिए।

राहदानी विभाग अगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्वीललक लगाएपछि भएको विवादका क्रममा गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।

घटनाको सत्यतथ्य छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय