काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मंगलटारस्थित प्रहरी चेकपोस्टमा गरिएको नियमित सवारी जाँचका क्रममा एक इलेक्ट्रिक कारबाट ११६.८१ ग्राम ब्राउन सुगर र सुनका गहना बरामद भएको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी सूचना अधिकारी रबिन बिष्टका अनुसार  असार २३ गते साँझ करिब ५ बजे बर्दिबासबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको ईभी कारलाई शंकाका आधारमा इलाका प्रहरी कार्यालय मंगलटारकी प्रहरी निरीक्षक निकिता मिश्राको नेतृत्वमा खटिएको टोलीले रोकी जाँच गरेको थियो।

जाँचका क्रममा कारमा सवार दोलखा, भीमेश्वर नगरपालिका–७ निवासी २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको बायाँ गोजीमा लुकाइराखेको अवस्थामा ६०.०६ ग्राम र ५६.७५ ग्राम गरी कुल ११६.८१ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट दुई थान सुनका कानका बाला पनि बरामद गरेको छ। साथै, पाँचै जनाको लापसे तथा मापसे परीक्षण गर्दा सविन कोइराला र जगत खत्रीको रिपोर्ट पोजिटिभ आएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय