काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

अख्तियार स्रोतका अनुसार ई–पासपोर्ट खरिदसम्बन्धी प्रकरणको अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिइएको हो। उक्त प्रकरणमा व्यवसायी सिद्धार्थ थापाको समेत संलग्नता रहेको आशंकामा अनुसन्धान अघि बढाइएको बताइएको छ।

स्रोतका अनुसार यस घटनासँग सम्बन्धित अर्का एक जनालाई पनि नियन्त्रणमा लिइएको छ। सिद्धार्थ थापा राष्ट्रिय सभा सदस्य सुनिल थापा का छोरा हुन्।

अख्तियारले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपि पक्राउ तथा अनुसन्धानसम्बन्धी विस्तृत विवरण आयोगले औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी रहेको छ।

पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित अनियमितताको आशंकामा भएको यो कारबाहीलाई पछिल्लो समय अख्तियारले अघि बढाएको उच्च-प्रोफाइल अनुसन्धानमध्ये एकका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय