काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन्। पुनर्निर्माणका लागि पर्याप्त बजेट अभावका कारण प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा रहेर सेवा दिन बाध्य भएको उनले उल्लेख गरे।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रका धेरै प्रहरी चौकीहरू भत्किने अवस्थामा पुगेको बताए।

उनका अनुसार हाल देशभर २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा छन् भने अस्थायी प्रहरी चौकीहरूको अवस्थाबारे समेत यकिन तथ्यांक उपलब्ध छैन।

‘सीमावर्ती र संवेदनशील क्षेत्रमा रहेका कतिपय चौकीहरू भत्किने अवस्थामा छन्। प्रहरी कर्मचारीहरू जोखिमपूर्ण भवनमा बसेर सेवा दिन बाध्य छन्,’ आईजीपी कार्कीले भने। ‘स्थानीय तह र संघीय मामिला मन्त्रालयको समन्वयमा यस्ता चौकीहरूको पुनर्निर्माण हुन सके प्रहरी कर्मचारीहरूले न्यूनतम मानवीय सुविधा सहित सुरक्षित रूपमा काम गर्न पाउने अवस्था सिर्जना हुन्छ।’

उनले अस्थायी प्रहरी चौकीहरू आवश्यकता र संवेदनशीलताको आधारमा स्थापना गरिए पनि दीर्घकालीन समाधानका लागि स्थायी संरचना आवश्यक रहेको बताए। साथै, भवन निर्माणदेखि आवश्यक लजिस्टिक व्यवस्थापनसम्म पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय