
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी (अतिरिक्त महानिरीक्षक) पदमा बढुवा भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि बढुवा समितिको बैठकले गत जेठ ६ गते उनलाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको थियो।

पोखरेल हाल सशस्त्र प्रहरी बल नेपालको बागमती प्रदेश प्रमुखका रूपमा कार्यरत छन्। मन्त्रिपरिषद्बाट बढुवा निर्णय भएसँगै उनी सशस्त्र प्रहरी संगठनको उच्च नेतृत्व तहमा पदोन्नति भएका छन्।



