अछाम, १८ जेठ २०८३ — अछामको तुर्माखाँद गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट एक हजार ५४ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। तुर्माखाँद गाउँपालिकाको स्वास्थ्य शाखा तथा वडा नं. १ रहफको समन्वयमा कोहलपुर डेन्टल अस्पताल ले आयोजना गरेको शिविरमा स्वास्थ्य परीक्षण, उपचार तथा औषधि सेवा निःशुल्क प्रदान गरिएको हो।

अस्पतालका अनुसार शिविरमा ३३० महिला र १३४ पुरुष गरी ४६४ जनाले प्रत्यक्ष रूपमा विशेषज्ञ स्वास्थ्य सेवा लिएका थिए। साथै तुर्माखाँद क्षेत्रका थप ५९० जनाले समेत स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेसँगै कुल सेवाग्राहीको संख्या १ हजार ५४ पुगेको हो।

अस्पतालका निर्देशक गजेन्द्र बहादुर शाही का अनुसार शिविरमा दाँत, आँखा, पाठेघर, मुटु, दम, नाक, कान तथा घाँटीसम्बन्धी समस्या भएका बिरामीको संख्या उल्लेखनीय रहेको थियो। उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सहकार्य गरी शिविर सफल बनाउन योगदान पुर्‍याएकोमा गाउँपालिका नेतृत्व तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरे।

त्यसैगरी गाउँपालिका अध्यक्ष डम्बर बिसी ले दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराएकोमा अस्पताल तथा शिविरमा संलग्न सम्पूर्ण टोलीलाई धन्यवाद दिए। उनले यस्ता कार्यक्रमले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय