काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने १ हजार ९९४ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा ५ लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १२७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १४२ जना, ट्राफिक सङ्केत बत्ती उल्लंघन गर्ने १४९ जना तथा तीव्र गतिमा सवारी चलाउने १०३ जनामाथि कारबाही गरिएको छ।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३० जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२८ जना, एकतर्फी सडकमा सवारी चलाउने ९५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ९६२ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन र कारबाही अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय