काठमाडौं । चर्चित टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) पक्राउ परेकी छन्। थाइल्यान्डबाट पक्राउ परेकी उनलाई नेपाल ल्याएर हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ। उनीविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि रेड नोटिस जारी गरिएको थियो।

अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

प्रहरीका अनुसार हनी ट्र्यापमार्फत आपराधिक लाभ लिएको तथा ठगी गरेको आरोपमा परिवर्तित नाम ‘शंकर चिमोरिया’ ले दिएको जाहेरीका आधारमा उनीविरुद्ध आपराधिक लाभ, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो।

प्रकरणमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय