काठमाडौं । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी सहायक हवल्दार जगतराज खनाल ‘पुलिस अफ द मन्थ’ अवार्डबाट सम्मानित भएका छन्। उत्कृष्ट कार्यसम्पादन गर्दै नेपाल प्रहरीको छवि उच्च राख्न योगदान पुर्‍याएको भन्दै उनलाई वैशाख महिनाको उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत गरिएको हो।

हवल्दार खनालले गत महिना गैंडाको खागसहित दरबारमार्गस्थित एक रेष्टुरेन्टबाट तीन जनालाई पक्राउ गर्न सफल भएका थिए। वन्यजन्तु तथा लागुऔषधसम्बन्धी अपराध अनुसन्धानमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्दै आएका उनले यसअघि पनि विभिन्न महत्वपूर्ण अपरेशन सफलतापूर्वक सम्पन्न गरेका छन्।

उनको कार्यकुशलता, व्यावसायिक दक्षता तथा उल्लेखनीय योगदानको मूल्यांकन गर्दै प्रहरी वृत्त दरबारमार्गका प्रमुख डीएसपी नारायण डाँगीले ‘पुलिस अफ द मन्थ’ अवार्ड प्रदान गरेका हुन्। प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सम्मान प्रदान गरिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय