कैलाली । मोहन्याल गाउँपालिका मा ट्याक्टर दुर्घटना हुँदा च्यापिएर एक बालिकाको मृत्यु भएको छ ।

मोहन्याल गाउँपालिका–६ सोल्टास्थित बागरादेखि सोल्टातर्फ जाँदै गरेको भे १ त ९०८१ नम्बरको ट्याक्टर सडकबाट खसेर दुर्घटना हुँदा स्थानीय उदीराम सिजापति मगरकी ९ वर्षीया छोरी जैसरा सिजापतिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्राप्त जानकारी अनुसार धाराबाट पानी लिएर घर फर्किंदै गरेकी जैसरा दुर्घटनाग्रस्त ट्याक्टरमा च्यापिएकी थिइन् ।

दुर्घटनामा नवराज बिककी ५ वर्षीया छोरी मनिषा बिक घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घटनापछि ट्याक्टर धनी मोहन्याल गाउँपालिका–६ निवासी २२ वर्षीय जीवन बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक सशिप ओली फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय