इटहरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले नम्बर प्लेट नराखी तथा अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनविरुद्ध विशेष अभियान सञ्चालन गरेका छन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै सवारी साधनको सहज पहिचान गर्ने उद्देश्यले अभियानअन्तर्गत विभिन्न स्थानमा विशेष चेकजाँच गरिएको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा नम्बर प्लेट नभएका, मेटिएका तथा स्पष्ट नदेखिने नम्बर प्लेट भएका दुइपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई नम्बर प्लेट स्पष्ट रूपमा लेख्न लगाइएको छ ।

प्रहरीका अनुसार अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनका कारण दुर्घटना तथा आपराधिक गतिविधिमा संलग्न सवारीको पहिचान गर्न कठिन हुने भएकाले अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सम्पूर्ण सवारी चालकलाई सवारी साधनमा अनिवार्य रूपमा स्पष्ट नम्बर प्लेट राख्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सुरक्षित यात्रामा सहयोग पुर्‍याउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय