सर्लाही । प्रहरी उपरीक्षक रबिन्द्रनाथ पौडेलले जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार सरुवा भई सर्लाही आउनुभएका एसपी पौडेलले आज पदभार ग्रहण गर्नुभएको हो।

पदभार ग्रहणपछि उहाँले जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

एसपी पौडेलले सर्लाही जिल्लाको वर्तमान सुरक्षा अवस्था, चुनौती तथा वस्तुस्थितिबारे जानकारी लिनुका साथै सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने विषयमा चासो व्यक्त गर्नुभएको थियो।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी तथा अन्य प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन तथा सम्बोधन गर्दै व्यावसायिक, अनुशासित र नागरिकमैत्री प्रहरी सेवामा केन्द्रित हुन आग्रह गर्नुभएको छ।

उहाँको आगमनसँगै सर्लाहीमा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा प्रहरी सेवाप्रति नागरिक विश्वास अझ मजबुत हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय