मोरङ । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ ।

रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा क्षेत्रमा गएराति गरिएको विशेष जाँचका क्रममा २० लाख भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट मोटरसाइकलमार्फत नेपालतर्फ आउँदै गरेका व्यक्तिमाथि शंका लागेपछि जाँच थालिएको थियो । सो क्रममा मोटरसाइकलको पछाडि सवार व्यक्तिले आफूले बोकेको झोला घटनास्थलमै फालेर फरार भएका थिए । पछि प्रहरीले उक्त झोलाभित्र ५ सय दरका ४० बण्डल भारतीय रुपैयाँ फेला पारेको हो ।

उक्त रकम सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । फरार व्यक्तिको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा ले बरामद रकम आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय