काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र सञ्चालनमा रहेको एक क्यान्टिनलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको परिसरमा रहेको ‘हाम्रो खाजा घर’ मा म्याद नाघेको दही बिक्री गरिएको फेला परेपछि विभागले उक्त कारबाही गरेको हो।

विभागका अनुसार उपभोक्ताको गुनासो तथा उजुरीका आधारमा बुधबार (२०८३/०१/२३) गरिएको आकस्मिक अनुगमनका क्रममा उक्त खाजा घरमा म्याद गुज्रिएको दही भेटिएको थियो।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिम कसुर गरेको ठहर भएपछि सोही ऐनको दफा ३९ (१) (ख) अनुसार २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय