
काठमाडौँ — उपत्यकाका विद्यालय वरपरका क्षेत्रलाई सुरक्षित बनाउने उद्देश्यले ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित उक्त कार्यक्रममा कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा Rotary Club of Kathmandu District का नुगल आनन्द वैद्यको आतिथ्यता रहेको थियो।

साथै, सडक सुरक्षाका अभियन्ता संस्था WE ARE का Garry D. La Pomerai सहितको टोली, ट्राफिक प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरू तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा विद्यालय क्षेत्रहरूलाई अझ सुरक्षित बनाउन ट्राफिक व्यवस्थापनका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सो क्रममा Garry D. La Pomerai ले आफ्नो अनुभव र अन्तर्राष्ट्रिय अभ्याससम्बन्धी प्रस्तुतीकरण समेत पेश गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले स्कुल एरियामा हुने दुर्घटना न्यूनीकरण, विद्यार्थीहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने उपाय तथा प्रभावकारी ट्राफिक व्यवस्थापनका विविध पक्षमा जोड दिएका थिए।



