
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नव-मनोनित सचिवालय सदस्य सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
पार्टी कार्यालय बनस्थलीमा आयोजित कार्यक्रमबीच सभापति रवि लामिछानेसमक्ष उनले शपथ ग्रहण गरेका हुन्।

गत वैशाख ७ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले सचिवालय सदस्य थप गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार ढकालसहित सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्यमा मनोनयन गरिएको थियो।
सभापति लामिछानेले प्रस्तुत गरेको प्रस्ताव केन्द्रीय समितिबाट पारित भएसँगै रास्वपाको सचिवालय अब १६ सदस्यीय बनेको छ।



