
कैलाली — इलाका प्रहरी कार्यालय भजनीका कार्यालय प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउद ‘पुलिस अफ द मन्थ’ अवार्डबाट सम्मानित भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउदलाई प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र बहादुर चन्दले सम्मानसहित पुरस्कृत गरेका हुन्। चोरी तस्करी नियन्त्रण, लागूऔषध विरुद्धको अभियान तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्न उनले खेलेको उल्लेखनीय भूमिकाको कदरस्वरूप उनलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ।

साउदले पछिल्लो समय भजनी क्षेत्रमा अपराध नियन्त्रण र जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।



